काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमामा बस्न थालेका छन ।
देउवाको निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएसँगै उनको सचिवालयमा रहेका अन्य पाँच जनाको स्वाब संकलन गरेर स्वास्थ्य परीक्षण सुरु गरिएको छ । देउवाका सचिवायलयका अनुसार पाँचमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।
देउवा होम क्वारेन्टिनमा बसेपछि बालुवाटारमा बस्ने भनेको सत्तापक्ष र प्रतिपक्षी दलको छलफल प्रभावित भएको छ ।
विहीबार संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।