जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न  प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य

  •   काभ्रे
  •   ७ आश्विन २०८०, आईतवार
  •   राजेश तिमल्सिना
0Shares

‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेट्न  प्यानलसहित चुनावमा होमिएका र्छौं,’ ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’

ललितपुर:-” सम्मान जनक उद्योग र व्यापार ,ललितपुर उद्योग वाणिज्य संघकाे मुल आधार ” भन्ने नारालाई सार्थक बनाउन  ललितपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनको लागि विश्वराज बज्राचार्य प्यानलबाट  २२ कार्यसमिति सदस्यले उम्मेद्वारी दिएका  छन।  संघको ४४औं साधारणसभा र अधिवेशन यही असोज १९ र २० गते हुने भएकाे छ ।

  संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुन्छ । जसमध्ये बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन । यसबाहेक, संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना नै उम्मेद्वार आफ्नो प्यानलमा रहेको बज्रचार्यले बताए ।  बज्राचार्य प्यानलका एसोसियन तर्फको सदस्यको उम्मेदवार रवि महर्जन भने  निर्विरोध निर्वाचित भएका छन।

२२ जना कार्यसमिति सदस्य उम्मेदवारीकाे नामावली 

अध्यक्ष:- बिस्व राज बज्राचार्य

वरिष्ठ उपाध्यक्ष: वीरेन्द्रलाल श्रेष्ठ

संस्थागत उपाध्यक्ष:मुकुन्द महर्जन

महासचिव: भुमी नन्दन कर्माचार्य

कोषाध्यक्ष: मिलन शाक्य

उद्योग उपाध्यक्ष:आपु लाल अवाले

वाणिज्य उपाध्यक्ष: राजेश भक्त मुल्मी

उद्योग समुहबाट कार्यसमिति सदस्य उम्मेदवारहरु

सजना श्रेष्ठ,सविन मान जोशी,प्रविन बज्राचार्य, प्रविण ताम्रकार, बिष्णु लाल सिकर्मी, शैशव कृष्ण श्रेष्ठ

वाणिज्य समूहबाट कार्यसमिति सदस्य उम्मेदवारहरु

विमला शाक्य, शर्मीला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेस राज बज्राचार्य, प्रविण बहादुर शाक्य, पुष्प कुमार थापा, हरि राम जोशी

संस्थागत सदस्यको उम्मेदवार 

मिलन श्रेष्ठ

एसोसियन तर्फको सदस्यको उम्मेदवार

 रवि महर्जन

पन्ध्र बुँदे प्रतिवद्धता यस्ताे छ :-

१. उद्योग व्यवसायीहरुको मागहरूमा शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

ललितपुर जिल्ला भरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरु स्थानिय र व्यवसायीहरुको सुझावका आधारमा समस्याहरूको पहिचान गरि उनीहरुको प्रत्यक्ष संलग्नतामा नीतिगत र विषयगत आवश्यकता पुर्ति गर्न स्थानीय, संघिय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरूको संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

२. नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने ।

व्यापार, व्यवसाय र उद्योग सम्बन्धी नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरूको हितमा कार्यान्वयन गराउने पहल गर्ने तथा सरकारद्वारा जारी यस्ता ऐन, कानुनमा कुनै बुँदा बाझिएका वा अस्पष्ट छन् भने त्यसलाई स्पष्ट पार्न पहल कदमी गर्ने अनि अपुग कानुनी व्यवस्थालाई पुर्णता दिन सधैं अग्रसर रहने ।

३. संस्थागत सुशासनमा जोड दिने

कुनै पनि खाले भ्रष्टाचार जस्तै ढिलासुस्ती, अनियमितता, नितीगत एकन आचराणत्मक (Political & Ethical) भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता (Zero Tolerance) नीति अपनाई व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्ता माझ विश्वासीलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।

४. औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास,व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवर्द्धन गर्ने।

स्थानिय व्यापार, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि विश्वभरका औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवर्द्धनको माध्यमका रूपमा अन्तराष्ट्रिय रुपमा उभ्याउन, एक अर्का सँग सहकार्य, ब्यापक छलफल र वहस पैरवी गर्ने ।

५. स्रोत साधान, सम्बन्धहरुमा पहुँच पुर्याउने ।

व्यवसायी र उद्योगीहरुलाई आवश्यक स्रोत साधन, सम्बन्धहरुमा पहुँच, छुटको व्यवस्था र वित्तिय सर्वसुलभतामा जोड दिदै गुणस्तर उत्पादनका लागि प्रोत्साहीत गर्ने ।

६.उत्पादन Branding तथा कपि राईट अवधारणालाई साकार बनाउने

कला नगरी ललितपुरलाई World Craft Council बाट Craft City को मान्यता प्राप्त भए अनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई Branding तथा कपि राईट अवधारणालाई साकार पार्न | ललितपुर महानगरपालिकासँग सहकार्य र कार्यन्वयनमा ससक्त पहल गर्ने ।

७. सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहन र वातावरण निमार्ण गर्ने ।अनौपचारिक क्षेत्रबा!उत्पादीत वस्तुहरुलाई बजार ब्यवस्थापनमा सहजिकरण गरि केन्द्रिक्रित औपचारिक व्यवसाय गर्न उत्प्रेरित गर्नुका साथै सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहान र वातावरण निमार्ण गर्ने ।

८. साँस्कृतिक सम्पदा संरक्षणमा व्यवसायीहरुले खेलेको भुमिकालाई उजागर गर्ने।

मूर्त (Tangible) (अनूर्त (Intangible) सम्पदा संग जोडिएका शिल्पी, कलाकार र व्यवसायीहरुलाई आर्थिक उपार्जन र दिगो साँस्कृतिक व्यवसायमा लाग्न प्रेरित गर्ने र उहाँहरुको व्यवसायलाई औपचारिक व्यवसायको रुपमा विकाश गर्दै उनीहरुको ब्यवसायले समाजमा पुरयाउँदै गरेको साँस्कृितिक सम्पदा संरक्षणको भूमिकालाई उजागर गर्ने ।

९. विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान र विकास गर्ने ।

कला नगरी ललितपुरमा पर्यटन प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै ललितपुर महानगरपालिको सहकार्यमा यस संघको अवधारणा बमोजिम पहिचान भएका ५ वटा सम्पदा सटहरुलाई थप प्रचार प्रसार र व्यवस्थित गर्दै अन्य पर्यटकीय स्थलको पहिचान सहित अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटन विकास गर्ने ।

१०. स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पुयाउने ।

स्थानिय व्यापार व्यवसायलाई बढवा दिन स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पुयाउने कार्ययोजना तयार गरि कार्यन्वयनमा जोड दिने ।

११. जिल्ला भित्रका उद्यमी – व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्र पहिचान गर्ने।

ललितपुर जिल्ला मित्रका उद्यमी-व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको (उदाहरणको लागि दक्षिण ललितपुरको सम्भाव्य कृषि जन्य उद्योग तथा उत्पादनको प्रचुर संम्भावनालाई मध्यनजर राख्दै यस | भेगको कृषिजन्य उत्पादनको बजारीकरन र ब्यवस्थापन गर्ने) पहिचान गरी त्यसको व्यवस्थापनका लागि आवश्यक अनुशन्धान तथा परियोजनात्मक कार्ययोजना तय गर्ने ।

१२. संघको भूमिका महत्वलाई सूचना पुलका रुपमा ससक्त बनाउने।

ललितपुर उद्योग वाणिज्य संघको भुमिका, महत्वलाई सूचना पुलको रुपमा अझ व्यापक र प्रभावकारी बनाउने ।

१३. व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने ।

औद्योगिक मेलाहरू व्यापार तथा औद्योगिक आयोजना गर्ने, त्यस्ता मेलाहरूमा स्थानिय व्यापार व्यवसायीहरुका लागि सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने ।

१४. व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउने ।

उद्योग व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै, व्यवसायी र समुदाय बीचको सम्बन्धलाई बलियो बनाउने ।

१५. व्यवसायीहरुको हितलाई ध्यानमा राख्दै पर्यावरण तथा वातावरणीय मुद्धाहरुमा सचेतना जगाउने ।

उद्योग व्यवसायका लागि उपभोक्ता एवम आम नागरिकको ब्यापक सर्मथन जुटाउन जलवायु परिवर्तन, स्थानिय , पर्यावरण तथा वातावरणीय मुद्दाहरू लगायतका क्षेत्रमा व्यवसायीहरुको भूमिकालाई प्रभावकारी बनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *