ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश

  •   काभ्रे
  •   २४ भाद्र २०८०, आईतवार
  •   खबर न्युज नेपाल
#ललिता_निवास_प्रकरण
0Shares

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा भाटभटिनी सुपरस्टाेरका सञ्चालक मिनबहादुर गुरूङ , बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

अदालतकाे आदेश :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *