राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना

  •   काभ्रे
  •   २१ मंसिर २०७९, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताए ।

गायक एंव संगीतकार आर बि लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन भने श्याम श्वेत रसाइलिले मिक्सिङ गरेका हुन ।

भिडियाे यहाँ हेर्नुहाेस :-

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर बि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस ता माङको अभिनय समेटिएको छ । राम कुमार केसिले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *