लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा

  •   काभ्रे
  •   २९ भाद्र २०८०, शुक्रबार
  •   खबर न्युज नेपाल
#डडेल्धुरा
0Shares

लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) सहित मानिस पक्राउ


लागु औषध चरेश सहित बझाङ जिल्ला बुंगल नगरपालीका वडा नं.११ कोमलपुर बस्ने ३५ वर्ष को धन बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेकाे छ।

डडेल्धुरा अमरगढी नगरपालीका वडा नं.८ रातोगुरांस रिसोर्ट नजिक रहेको मिटमार्ट नामक मासु पसल नजिक सडक खण्डमा VIVO लेखेको कालो झोला पिठयूमा भिरेर शंकास्पद रुपमा पैदल हिँडिरहेको सुचनाकाे आधारमा प्रहरीले धन बोहरालाई खानतलासी गर्दा झोला भित्र तिन ओटा प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध (चरेश) फेला परेकाे जिल्ला प्रहरी कार्यलय डडेल्धुरा का डिएसपी दिपक कुमार कार्किले बताउनु भयाे ।
बरामद भएकाे लागुअैाषध प्लाष्टिक सहित ३.८४० किलोग्राम र प्लाष्टिक हटाई शुद्द तौल गर्दा ३.८०४ किलोग्राम रहेकाे डिएसपी कार्किले बताए ।
सम्मानित जिल्ला अदालत डडेल्धुराबाट पाच दिनकाे म्याद थप गरी अनुसन्धान कार्य भई रहेको डिएसपी कार्कीले जानकारी दिए।

पक्राउ परेका ब्यक्ति:- जिल्ला बझाङ बुंगल न.पा. वडा नं. ११ कोमलपुर बस्ने वर्ष ३५ को धन बहादुर बोहरा ।
बरामद सामाग्री:- लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ३.८०४ कि.ग्रा., Vivo कम्पनिको स्क्रिन टच मोबाईल थान १ (एक), Itel कम्पनीको सादा मोबाईल थान १ (एक), नगद नेपाली रुपैयाँ २३,५३०।–(तेईस हजार पाँच सय तिस) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *