गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ

  •   काभ्रे
  •   २४ भाद्र २०८०, आईतवार
  •   खबर न्युज नेपाल
#देहव्यापार
0Shares

बनेपा/ युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकसँग यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा काभ्रेको बनेपा नगरपालिका-८ मा रहेको सगरमाथा गेष्टहाउस कि सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची- ७ की ४५ वर्षीया मनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ होटलमा युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले होटल सञ्चालक तामाङलाई पक्राउ गरि घटनास्थलबाट दुई युवतीलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बाेहाेराले बताए।

तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउन जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद लिई अनुसन्धान जारी राखिएको डिएसपी बाेहाेराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *