उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा

  •   काभ्रे
  •   २ आश्विन २०८०, मंगलवार
  •   खबर न्युज नेपाल
#ललितपुर #उद्योग #वाणिज्य
0Shares

उद्योग वाणिज्य संघ ललितपुरकाे ४४औँ साधारणसभा एवं अधिवेशन असोज १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा साधारणसभा र २० गते निर्वाचन स्टाफ कलेज, जावलाखेलमा हुने भएकाे छ ।

संघको आसन्न ४४औँ साधारणसभा तथा अधिवेशनमा हुने निर्वाचनका लागि सम्बद्ध क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तित्वले उम्मेदवारी घेाषणा गरेका छन ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, युवा उद्यमी विश्वराज बज्राचार्यको प्यानलले अध्यक्षसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।असोज १९ गते हुने संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुन्छ । संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् । जसमध्ये बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *