अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार

  •   काभ्रे
  •   २४ कार्तिक २०८०, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

बेथानचाेक गाउपालिकाले अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खेलाडिलाई सम्मान तथा नगद पुरस्कार हस्तान्तरण गरेकाे छ।

अक्टोबर १९ देखि २१ तारिखसम्म बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी प्रतियोगितामा दुई ओटा पदक जित्नुहुने विष्णु खत्रीलाई बेथानचाेक  गाउँपालिकाले नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

बेथानचोक–५ भंगालाका खत्रीलाईगा उँपालिकाले एक कार्यक्रमबीच नगद रु. ५० हजार र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो । खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले  खेलकुदको विकासका लागि गाउँपालिकाले लगानी गर्दै आइरहेको र प्रतिभा उत्पादन र प्रोत्साहनका गतिविधि गर्दै जाने ,सिङ्गाे पालिकाकाे मात्र नभई देशकाे गरिमा बढाउनु भएकोमा खत्रीलाई धन्यवाद एवम बधाई व्यक्त गर्नुभयाे । ।त्यस्तै गाउपालिका उपाध्यक्ष तारा राणा तिमल्सिना लगायत अध्यक्षहरु १ देखि ६ सम्म क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर लामा, राजकुमार वाइबा तथा विष्णु तामाङले खेलाडी खत्रीलाई बधाई दिनुभएको थियो । सम्मान पश्चात कार्यक्रममा सम्मानित खेलाडी खत्रीले सम्मानले आफूलाई थप उर्जा र हौसला मिलेको बताउनुभयो ।

विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पार्न  सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *