विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न

  •   काभ्रे
  •   ३ पुष २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares
अमरकृष्ण चन्द


भक्तपुर/विमल मेमोरियल विद्यापीठ स्कुलकाे अभिभावक दिवस-२०७९ सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित विमल स्कुलको अभिभावक दिवस नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालकाे प्रमुख अातिथ्तामा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि एन प्याब्सन अध्यक्ष हमालले विरुवामा जल अर्पण गरी उद्घाटन गरेका थिए ।

नेशनल प्याब्सन भक्तपुरका सहसचिव तथा विद्यालय संचालक/प्रिन्सिपल कुमार थापा मगरको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा विद्यालयबाट २०७६, २०७७ र २०७८ मा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि शुभकामना सहित सम्मान सहित विदाई गरिएको थियो । साथै शैक्षिक वर्ष २०७८ मा कक्षा नर्सरी देखि कक्षा ९ सम्मका ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई अतिथिहरुद्वारा पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयमा कार्यरत प्रिन्सिपल, शिक्षक एवं सम्पूर्ण कर्मचारीहरुलाई प्रमुख अतिथिद्वारा प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सुनपा वडा १० का अध्यक्ष शिवराम राउत, नेशनल प्याव्सन केन्द्रीय सदस्य एवं इप्सनका अध्यक्ष जिबि खड्काले शुभकामना मन्तव्य दिएका थिए । यस्तै नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष एवं शिक्षाप्रेमी संजय खड्काले अभिभावकहरुलाई स्कुलप्रति कसरी समन्वय एवं सहकार्य गर्ने, आफूले कस्तो भूमिका खेल्नु पर्ने तथा बालबालिकाको जग जुन स्कुलले हाल्छ सोहि स्कुलबाट छानो समेत हाल्न लगाउनु पर्दछ भन्दै स्कुल परिवर्तन गरिरहनु नहुने सन्दर्भ सहित अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय कोषाध्यक्ष प्रताप थापा, नेशनल प्याब्सन भक्तपुर जिल्ला उपाध्यक्ष शिवकृष्ण कवां, प्याब्सन एवं इप्सन सचिव विजय कर्माचार्य लगायतकाे अथितिहरुको उपस्थिति रहेको थियो ।
साथै अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको दोश्रो चरणको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विविध साँस्कृतिक प्रतिभाका प्रस्तुति र क्षमता प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *