बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

  •   पाेखरा
  •   २९ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई कास्की  प्रहरीले पक्राउ गरेकाे छ ।

पाेखरा भाद्र २९ गते

दण्डहिनता बिरुद्धको अभियान अन्तरगत  उच्च अदालत पाटनको मिति २०७६/१२/१० गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा रु.५०,००,०००।– (पचास लाख) जरिवाना र ६ दिन कैद सजाय तोकी हालसम्म फरार  रहेका  केश बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेकाे छ ।

  जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले   कास्की रुपा गाउँपालिका वडा नं.५ देउराली बस्ने ५८ वर्षको केश बहादुर गुरुङलाई  भाद्र २८ गते पक्राउ गरी  कास्की जिल्ला अदालत पेश गरिएको कास्किका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *