पहिचान नखुलेको पुरुष व्यक्तिको लास सनाखतको लागि प्रचार प्रसार सम्बन्धमा”
मिति २०७७।कार्तिक १५ गते अन्दाजी १५:२० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ११ सिनागाल स्थित वडा कार्यालयबाट ५०० मिटर पश्चिम बाटोमुनि उत्तानो अवस्थामा हाल नाम, थर, वतन नखुलेको अन्दाजि बर्ष ३५/३६ जस्तो देखिने पुरूष व्यक्तिलाई कर्तव्य गरी हत्या गरिएको अवस्थामा फेला परेको घट्नाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्नास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टमको एवं आफ्नतहरु खोजतलास एवं पहिचानको लागि धुलिखेल अस्पताल धुलिखेलको शव गृहमा सुरक्षित साथ राखिएको निम्न हुलिया भएको पुरुष व्यक्तिको लासको पहिचान तथा सनाखतको साथ पहिचान गर्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यलय र नजिककाे प्रहरी कार्यलयमा जानकारी गराई सहयोग गरिदिन हुन अनुरोध गरिएकाे छ ।
विवरण :-

अंन्दाजि वर्ष ३५/३६ को पुरुष व्यक्ति, उचाई अं. ५’५” भएको, गोलो अनुहार, लामो कालो कपाल, दाह्री जुँगा पालेको, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाईन्ट, स्पोर्ट फेसन लेखेको निलो जुत्ता, कालो बेल्ट लगाएको ।
बनेपामा एक पुरूष मृत अवस्थामा फेला / शब पहिचान हुने सकेनघटना सम्बन्धि पुरा न्युज पढ्नुहाेस
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न