
पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको तेले माथीको पहाड (टिटि ताल क्षेत्रमा) मा ठोक्किएको आशंका गरिएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको नाइन एन एईटी(9N -AET)कलसाइनको उक्त जहाजमा १३ नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
जहाज १० बजेर १५ मिनेटमा मुस्ताङमा अवतरण हुनुपर्ने थियो, तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको छ ।उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।सेनाकाे हेलिकप्टरबाट विमानकाे खाेजिकार्य भईरहेकाे थप विवरण आउन बाँकी रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जनाएकाे छ।

तारा एयरमा सवार यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर