
पुर्व संचार मन्त्रि बाँस्कोटाको जिल्ला काभ्रेमा, युनियनका बद्रिराज तिमल्सिना निर्वाचित
काभ्रेपलाञ्चोक÷ नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा काँग्रेस निकट नेपाल प्रेस युनियनका बद्रिराज तिमल्सीना निर्वाचित भएका छन् ।

तिमल्सीना नेपाल प्रेस युनियन र प्रेस संगठनको साझा प्यानलको उम्मेदवार हुन् । तिमल्सीनाले एमाले निकट प्रेस चौतारीका अध्यक्षका उम्मेदवार नवराज बजगाँईलाई १७ मत (५१–६८) ले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा विनोद कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिवमा कपिल कोईराला, सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगत मान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् । सदस्यहरुमा अशोक महत, देवराज केसि, मोहनकृष्ण तिमल्सीना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त, रामचन्द्र अधिकारी (अन्य समावेशी), सुरज श्रेष्ठ (आदिवाशी जनजाति), अन्य शमावेशी सदस्य (मधेशी) बद्रि तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम रहेका छन् । यसैगरी राष्ट्रिय परिषद सदस्यमा प्रदिप केसि, भुवन रायमाझी राष्ट्रिय परिषद् महिला सदस्यमा सरिता सापकोटा, प्रदेश सदस्यहरुमा नवराज सापकोटा, निरन्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनवार, रामहरी श्रेष्ठ, लक्ष्मण तिमल्सिना, प्रदेश परिषद् महिला सदस्यमा कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, सूर्यमाया दनुवार, विजयी भएका छन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न

प्रधानमन्त्रीका केपि शर्मा ओलीका नजिकका मानिने पूर्व संचार मन्त्रि गोकुल बाँस्कोटाको जिल्ला भएकोले पनि पत्रकार महासंघको चुनावलाई निकै चासोको विषय बनाईएको थियो ।