
काठमाडौं । नेपालमा पनि कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
सार्वजनिक यातायातमा भीडभाड नगर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मठ मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्न पनि निर्देशन दिईएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गर्दै रात्रीकालिन ब्यावसाय राती ९ बजेपछि बन्द गराउन निर्देशन दिएको हो । काठमाडौं र पोखरासहित ठूला सहरका विद्यालयमा संक्रमण वृद्धि भएको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएको छ ।
यस्तै राती ९ बजेपछि रेष्टुरेष्ट, होटेल लगायतका रात्रीकालिन ब्यावसाय बन्द गर्न निर्देशन दिइएको छ भने ठूला सहरमा एक हजार र साना शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा आवागमनमा कडाइ गर्न भनिएको छ ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया
यसैबीच, पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर गरिएकोमा २९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।