काठमाडौं, १२ भदौ ।
सज्जा चाैलागाई तेस्रो नेपाल आइडल भएकी छिन् । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको ‘नेपाल आइडल(३’ रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।
गायन रियालिलिटी सो ‘नेपाल आइडल(३’ को ग्रान्ड फिनालेमा सज्जा चौलागाँई विजेता बनेकी हुन् । फष्ट रनरअप प्रविण बेडुवाल भए भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम एपी वान टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका हुन् ।
एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। विजेता चौलागाँईले ‘नेपाल आइडल-३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।
यहाँ हेर्नू नेपाल आईडल ग्रान्ड फिईनाले:-
त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्। उक्त कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन्।