नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

  •   काभ्रे
  •   २७ आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

असोज २७, काठमाडौं ।

के तपाई नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाउदै हुनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारवाहीमा परिएला !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ ।
आजमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।

यस अभियानलाई गत आइतबारदेखी कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएका छौ । यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताउनुभयो ।

उहाँले यस कारवाहि अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको बिकास समेत गर्ने अपेक्षा लिएको बताउनुभयो ।

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध समेत गरेको छ ।

0Shares
Slide
Hamro bikash
1599843844546
Janasubida
 
Hamro bikash
1599843844546
Janasubida
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *