मेस्सी बिना बार्सिलोना पहिलो खेलमा नै पराजित

  •   काठमाडौं
  •   ३२ श्रावण २०७६, शनिबार
  •   त्रिबेणी
0Shares
साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै पराजित बनेको छ ।
आरिट्ज अडुरिजको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित बनेको हो ।
निराशजनक खेल प्रदर्शन गरेको बार्सिलोनाबिरुद्ध अडुरिजले खेलको ८९ औँ मिनेटमा गोल गरेका थिए ।
नयाँ अनुबन्ध गरिएका एन्टोनी ग्रिजमानलाई मैदानमा उतारेपनि पाहुना टोलीले राम्रो प्रदर्शन गर्न सकेन ।
उता, लुइस सुवारेज र राफिनाको प्रहार पोष्ट मा लागेको थियो । त्यसपछि सुवारेज घाइते हुँदै मैदान छाड्न पनि बाध्य बनेका थिए ।
खेलमा घाइते बनेका लियोनेल मेस्सी अनुपस्थित थिए भने बायर्न म्युनिख जाने हल्लाका बीच फिलिपे काउन्टिन्हो पनि खेलमा सहभागी भएनन् ।
लगातार तेस्रो ला लिगा उपाधि जित्ने दाउमा रहेका अर्नेस्टो भालभेर्डेले युवा खेलाडी फ्रेंकी डि योङलाई पनि मैदान उतारे पनि बार्सिलोनाले खेलमा लय पक्रन सकेन ।
उसको केवल दुईवटा प्रहारमात्र लक्ष्यमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *