संगीतकर्मी संघ भक्तपुरको तेश्रो अधिबेशन सम्पन्न

  •   काभ्रे
  •   २६ पुष २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

संगीतकर्मी संघ भक्तपुरको तेश्रो अधिबेशन सम्पन्न
माननीय पुर्ब मन्त्री महेश बस्नेतको प्रमुख आथित्यता राष्ट्रिय संगितकर्मी संघ भक्तपुरको तेस्रो अधिवेशन सम्पन्न भयाे ।
अधिवेशनमा पुर्व मन्त्री बस्नेतले विभिन्न राजनितीक परिवर्तनमा कलाकारहरुले उल्लेख्य याेगदान पुराएकाे बताए । बस्नेतले कलाकारहरुकाे हक हितमा अाफ्नाे सधैं साथ रहने बताउदै राष्ट्रिय संगितकर्मी संघकाे भवन बनाउन अाफुले जग्गा उपलब्ध गराउने वचन समेत दिए ।
अधिबेशनले भुवन दुलालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।
नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्ष दिपक प्रसाद घोरासैनी, प्रथम उपाध्यक्ष गोबिन्द बहादुर अधिकारी, महिला उपध्यक्ष् ललिता भुजेल उपाध्यक्ष दिवाकर थापा, उपाध्यक्ष कमल घिमीरे , सचिव भुसन दुलाल , सह -सचिव कल्पुदिप खड्का, सह-सचिव श्यामसुन्दर कसपाल , कोषध्यक्ष कृष्ण कुमारी गौतम , सह-कोषध्यक्ष गोदावरी भुजेल , प्रबक्ता गोमा देबी खत्री रहेका छन् ।
यस्तै सदस्यहरुमा इश्वरी लामिछ्ने, पुजा बास्तोला, दिल बहादुर खड्का, सोनु सिंह ठकुरी, गौरी बास्तोला (न्यौपाने ), यशोदा बास्तोला, रामकृष्ण परियार, सिता भुजेल, निरु निर्मला चौहान, आशिम खाती, लक्ष्मी ढकाल, भुपिन्द्र रायमाझी, लुलासा डंगोल मिना श्री, बालाराम श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय उपाध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष घमेश दुलाल, पूर्व अध्यक्ष रेशम थापा, केन्द्रिय उपाध्यक्षद्वय श्याम धिताल र अमृत खाती, वागमती प्रदेश संयाेजक दिपक रिमाल, केन्द्रीय सदस्य राजकुमार हुमागाई, काठमाडौं अध्यक्ष दिप धिताल, काभ्रे अध्यक्ष अमरकृष्ण चन्द, ललितपुर अध्यक्ष सुवास महत, नुवाकोट अध्यक्ष दिनेश लामा, रसुवा अध्यक्ष दावा फिन्जाे लामा लगायतको उपस्थिति रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *