बढ्दाे दुर्घटनालाई न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’ प्रयोगलाई तीव्रता :-ट्राफिक प्रमुख भट्टराई

  •   काभ्रे
  •   १८ पुष २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

ट्राफिक प्रहरी महाशाखाले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ‘लेजर स्पिड गन’ प्रयोगलाई तीव्रता दिएको छ ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणको लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि आज ग्वार्कोस्थित बी एन्ड बी हस्पिटल अगाडि दिउँसो १ बजे देखि ४ बजेसम्म चेकजाँच गर्दा२०० सवारीसाधनलाई कारबाही गरेको र साथै कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।

कोटेश्वर–कलंकी सडकखण्डमा सवारी चालकको लापरबाहीले धेरै दुर्घटना हुनेगरेकोले महानगरिय ट्राफिक प्रहरी महाशाखाले केहि दिनदेखि ‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्दै आएको छ ।

‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै सडक दुर्घटनामा धेरै कमि आउने ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *