३ बुक तास , ७८ हजार १ सय रूपैयाँ सहित ५ जना प्रहरी नियन्त्रणमा
२०७७कार्तिक १८ गते बागलुङ नगरपालिका वडा नं. ४.
उपल्लोचौर स्थित श्रीमाया थापाले संचालन गरेको होटल बिसौनीको भुई तलामा तास (म्यारिज) खेली
रहेको अवस्थामा ३ बुक तास सहित ७८ हजार १ सय रूपैया बरामद गरि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
विशेष सुचनाका आधारमा ३६ वर्षका जाबिर हुसेन ,३६ वर्षका लाेकेन्द्र थापा क्षेत्री, ३९ वर्षका श्रीमाया थापा , ३९ वर्ष कै मनिलाल राम र ३६ वर्षका अख्तर हुसेनलाई नियन्त्रणमा लिई अावश्यक कानुनी कारवाहि अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले जानकारी गराउनु भयाे ।