ATM खोली रकम निकाल्न खोज्ने पक्राउ ;-
काठमाडौं महानगरपालिका १४ कुलेश्वर स्थित माछापुच्छ्रे बैंकको एटीएम ताेड्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।
२०७७ कार्तिक १६ गते राती अन्दाजी २३:१५ बजेको समयमा कुलेश्वर स्थित माछापुच्छ्रे बैंकको ATM तोडफोड गरीरहेकै अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं ९ घर भई काठमाडौं बानेश्वर वस्ने प्रज्वल खाँढलाई प्रहरीले पक्राउ गरेकाे हाे ।खाँडलाई अावश्यक कारवाहि अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।