बनेपामा एक पुरूष मृत अवस्थामा फेला / शब पहिचान हुने सकेन
काभ्रे (बनेपा) –
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको वडा नं ११ जाने सडकको छेउमा एक पुरुष मृत् अवस्थामा फेला परेको छन ।
अपाङ्ग अस्पताल हुँदै नागीडाडाँ र वडा कार्यालय जाने सडकको छेउमा मृत् अवस्थामा अन्दाजी ३०-३५ बर्ष उमेरका मंगाेलियन अनुहार रहेका पुरुषको शव भेटिएको र उक्त व्यक्तिको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
पुरुषको शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको निरिक्षक तिमिल्सिनाले बताए ।