गायक एंव संगीतकार पासाङ स्याङ्तानको ‘ङामी सिसी निसाइनोन’ बजारमा(भिडियो)
काभ्रे । गायक एंव संगीतकार पासाङ स्याङ्तानको संगीत र आवाजमा रहेको ‘ङामी सिसी निसाइनोन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई म्हार्मेन मिडियाबाट बजारमा ल्याएको हो ।
गीतमा साहित्यकार हिरामाया घिसिङको शब्द रहेको छ भने उनै गायक स्याङ्तानको संगीत र स्वर रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन ।
भिडियो यता हेराै
भिडियोलाई बज्र लामाले छायांकन, अमिर दोङले सम्पादन र निर्देशन गरेका हुन भने रेशम तामाङको मेकअप गरेका हुन । भिडियोमा चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा, दिनेश वाइबा,साजन स्याङ्तान र शर्मिला थोकरको अभिनय देख्न सकिन्छ ।