हवल्दार रविन्द्र कुमार ठाकुरलाई आश्विन” “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा /सिन्धुली

  •   काभ्रे
  •   १८ कार्तिक २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

Best Police Of The Month
       
सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली द्वारा २०७७ साल”आश्विन” महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।

उत्कृष्ट कार्यको बिबरण

प्रहरी चौकी वाङरिङ सिन्धुली संचार दरबन्दी भई सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुली कार्यरत प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरले आफ्नो जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गर्दै आफुलाई सुम्पिएको जिम्मेवारी पुर्ण रुपमा बफादारीका साथ चाड-पर्व लक्षित जिङगल तथा पर्चा पम्पलेट निर्माण गरि बिभिन्न स्थानमा चेतनामुलक कार्यक्रम तथा बसपार्क स्थित Help-Desk (यात्रु सहायता कक्ष) स्थापना गरी सचेतना अभिबृद्दि गरेको । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरस (COVID-19) महामारीको समयमा बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी मास्क प्रयोग सम्बन्धी सचेतना फैलाई,बिभिन्न कार्यक्रम मार्फत मास्क समेत वितरण गरी तत्: पश्चात मास्क प्रयोग नगर्नेलाई कारवाही गरेको । संविधान दिवस २०७७ को अवसरमा वि.पि.राजमार्गको सेल्फी डाँडामा विभिन्न निकाय, संघ संस्था, सुरक्षा निकाय समेतको उपस्थितिमा सर-सफाई कार्यक्रम संचालन गरेको । आत्महत्या,लागुऔषध,बाढी,पहिरो,आगलगी,साईवर-क्राइम,चाडपर्व लक्षित चोरी बाटअपनाउनु पर्ने सावधानी लगायत कार्यक्रमको लागी अन्य चेतना मुलक सामग्रीहरु डिजाईन निर्माण गरी स्थानीय निकायहरु तथा गैर सरकारी संघ संस्थाहरुसंग समन्वयमा प्रचार प्रसार गरेको । बालयौन दुर्व्यवहार र साईबर क्राईम सम्बन्धी सप्ताहव्यापीचेतनामुलक कार्यक्रम संचालन गरी पर्चा पम्पलेट बितरण गरिएको सामुदायिक प्रहरीको रुपमा आफ्नो जिम्मेवारी लगनशिल भई ईमान्दारिताकासाथ निर्वाह गरी उत्कृष्ट कार्य प्रदर्शन गरेकोले निज प्र.ह.को सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निजलाई यस कार्यालयबाट २०७७ साल “असोज” महिनाको BEST POLICE OF THE MONTH घोषणा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *