सर्वसाधारणलाई निषेधाजाकाे पालना गराउदै ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई

  •   काभ्रे
  •   १६ बैशाख २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

सर्वसाधारणलाई लक डाउनकाे पालना गराउन ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं सडकमा खटिएका छन् ।

काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ। ट्राफिक महाशाखाले काठमाडौं , ललितपुर र भक्तपुर गरेर ५६ ठाउँमा चेकपोस्ट राखेर निषेधाज्ञाकाे पालना गराउदै छन । साथै चोक–चोकमा ट्राफिक प्रहरीहरु उभिएका छन् ।

सुरक्षाकर्मीले ‘लक डाउन’को अवज्ञा गर्दै सडकमा निस्किएकाहरुलाई सम्झाईबुझाई गरेर पठाइरहेकाे ट्राफिक प्रमुख जनक भट्टराईले जानकारी दिनुभएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । भने ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं सडकमा खटिएका छन् ।

सरकारले गरेको ‘लक डाउन’काे निर्णय पालना गर्न केहीले अटेर गरेपछि सुरक्षकर्मीहरुले हातमा प्लेकार्ड बोकेर उभिएका छन्।

प्लेकार्डमा ‘घरमै बसौँ, स्वस्थ रहे फेरि भेटौँला’, ‘आफ्नो सुरक्षा, परिवार र देशको सुरक्षा’, ‘हामी तपाईँहरुकै लागि सडकमा उभिएका छौँ’ लगायतका नाराहरु लेखिएका छन्।

सडकमा मानिस र सवारीसाधनहरुको आवतजावत कम छ। अटेर गरेर चलाइएका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालमा पनि सरकारले एक साता ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *