बेथानचोकमा सीताश्री ग्यासको डिलर काभ्रे भर ग्यासको बिक्री वितरण गर्ने

  •   काभ्रे
  •   १६ श्रावण २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे ,श्रावण १६ गते
काभ्रेपलाञ्चाेक जिल्लाको बेथानचोकमा सीताश्री ग्यासको बिक्री वितरण सुरु भएको छ । सीताश्री ग्यास उद्योगले प्रवर्द्धन गरेका खाना पकाउने ग्यासको बिक्री वितरण सुरु गरिएको हो ।

पहिलो पटक उपत्यका बाहिर बेथानचोकमा आधिकारिक डिलर स्थापना गरी ग्यासको बिक्री वितरण गर्न थालेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बेथानचोक डिलरले काभ्रे जिल्ला भर ग्यासको बिक्री वितरण गर्नेछ ।

नेपाल आयल निगमले तोकेको दरमा काभ्रे भर ग्यासको बिक्री वितरण गर्ने गरी कम्पनीले बेथानचोकस्थित आधिकारिक बिक्रेता शुभलक्ष्मी सप्लायर्सबीच सम्झौतामा हस्ताक्षर भएको छ । साम्झौताअनुसार शुभलक्ष्मी सप्लायर्सले जिल्लाभर सीताश्री ग्यासको बिक्री वितरण गर्नेछ ।

बेथानचोकमा यसअघि ग्यासको बिक्री वितरण गर्ने कुनै आधिकारिक डिलर थिएन । डिलर नहुँदा विभिन्न कम्पनीका ग्यास निगमले तोकेकोभन्दा बढी दरमा खरिद गर्नुपर्ने बाध्यता थियो ।

अब यो बाध्यता हटेको शुभलक्ष्मी सप्लायर्सका संचालक विनोद तिमल्सिनाले बताए । शुभलक्ष्मी सप्लायर्सले ग्राहकको गुनासो नआउने गरी जिल्लाभरको माग व्यवस्थापन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *