प्रारम्भ सामाजिक संस्था र आनि छोइङ डोल्मा फाउन्डेसनकाे सहयोगमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

  •   काभ्रे
  •   १४ जेष्ठ २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

प्रारम्भ सामाजिक संस्था ललितपुर र आनि छोइङ डोल्मा फाउन्डेसन काठमाडौँको सहयोगमा पनौती र बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासङघ काभ्रे शाखाको समन्वयमा आज प्रारम्भ र फाउन्डेसनद्वारा अक्सिजन कन्सनट्रेटर दुई÷दुई थान, पिपिई २०÷२० थान सेट, पल्स अक्सिमिटर पाँच /पाँच थान हस्तान्तरण गरिएको हो । प्रारम्भ अध्यक्ष कल्पना क्षेत्रि र फाउन्डेसनकी आनि छोईङ डोल्माले पनौती नगरपालिकामा वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी र बनेपामा प्रमुख प्रशासकीय प्रमुख कविराज उप्रेतीलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्री सहित नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा लगायतको उपस्थिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा डोल्माले प्रारम्भ र सिंगापुर रेडक्रसको संयुक्त प्रयास र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको सिफारिशमा पनौती र बनेपामा स्वास्थ्य सामग्री दिएको बताउनुहुँदै विपत्तिको समयमा स्थानीय तहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कोरोनाको महामारीको समयमा नगरलाई अतिआवश्यक स्वास्थ्य सामग्री दिएकोमा दुबै नगरपालिकाले धन्यवाद दिएका थिए ।
यसअघि पत्रकार महासंघ काभ्रे शाखा कै पहलमा धुलिखेल र पाँचखाल नगरपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मंगलबार प्रारम्भ सामाजिक संस्थाले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० थान सेट, पल्स अक्सिमिटर पाँच ÷पाँच थान हस्तान्तरण गरेको थियो । प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जु र पाँचखाल नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, नेपाल महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *