गौतमको ‘गंगासागर’ रोइला भजन सार्बजनिक

  •   काभ्रे
  •   २९ जेष्ठ २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

गौतमको ‘गंगासागर’ रोइला भजन सार्बजनिक

अमर कृष्ण चन्द

पछिल्लो समय पोखरामा रहेर साँगितिक यात्रालाई अगाडि बढाइरहेका गायक कृष्णप्रसाद गौतमको रोइला भजन ‘गंगासागर’ सार्वजनिक भएको छ ।

केके इन्टरटेन्मेन्ट यु ट्युव च्यानल मार्फत गौतमकोे रोइलो भजन ‘गंगासागर’ बजारमा आएको हो । रोइलो भजन ‘गंगासागर’ युट्युवमा सार्वजनिक भएको छोटो समयमै भजनले राम्रो भ्युज पाइसकेकोले पनि भजन उत्कृष्ट बनेको पुष्टि गर्दछ । सार्वजनिक रोइला भजन ‘गंगासागर’ मा कृष्णप्रसाद गौतम, किरण शर्मा, कल्पना सुवेदी, सन्तोष अधिकारीको कर्णप्रिय स्वर रहेको छ ।

दिबश थापा मगरले एरेन्ज गरेको र सन्तोष अधिकारीले शब्द कोरेको निकै कर्णप्रिय नेपाली लोक भजन (रोइला) गंगासागरको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । किरण शर्मा, राधाकृष्ण बसुला, सबिता बराल, किरण दाहालको सर्वाेत्कृष्ट अभिनयले भिडियो अझै उत्कृष्ट बनेको छ । शिवराजा भुर्तेलले भिडियो पोखराको रमणिय दृश्य समेट्दै खिचेको भिडियोको सम्पादन तथा रंग संयोजन समेत भुर्तेलले नै गरेका छन् भने भिडियोको निर्देशन कृष्णप्रसाद गौतमले गरेका छन् ।

भिडियाे यहाँ हेर्नुस :-

भजनको भिडियो समेत उत्कृष्ट बनेकोले गंगासागरले आम भजनप्रेमीहरुको मन जित्ने देखिन्छ ।
कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका भजनको राजाको पहिचान बनाएका गौतम पछिल्लो समय गायन, लेखनसँगै भिडियो निर्देशकको रुपमा कलाक्षेत्रमा सक्रिय छन् । गौतम मोफसल रही सबै भन्दा बढि भजन गाउनेमा पर्छन् । उनले भजन मात्रै ३८ वटा बजारमा ल्याइसकेका छन् ।
गायक गौतमले हाल टिपिकल रत्यौली बाजा रोइला झ्याउरे, सबै खालको गितमा कलम चलाउदै आएका छन् । बिशेषत संगितको उर्बर भुमी गण्डकी पोखरा पछिल्लो समय सागितिक यात्रालाई निरन्तरता दिइरहेका छन् उनले । राजधानी मै छिरेर चर्चा पाइन्छ भन्ने कुरामा उनी सहमत छैनन् ।
कला छ भने जहाँ बसेर पनि सफलता पाउन सकिन्छ भन्ने उदाहरण हो गौतम चाँडै नै अर्को सांगीतिक कोसेली सिउँदो र तिजका गित बजारमा ल्याउने तयारीमा छन् गौतम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *