एक हप्तामा हत्यारा पत्ता लगाएसंगै SP सुशील सिंह राठौरकाे टिम सफलताकाे शिखरमा

  •   काभ्रे
  •   १७ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

सुस्मिता हत्या प्रकरणमा हत्यारा पत्ता लगाएसंगै प्रहरी उपरीक्षक सुशील सिंह राठौर र उहाँको टिमले एकपछि अर्को उपलव्धी हासिल गरेका छन ।

राजेश तिमल्सिना

काठमाडौं /जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सुशील सिंह राठौरले आफूलाई र नेपाल प्रहरीलाई अपराध अनुसन्धान र शान्ति सुरक्षाका सवालमा अब्बल सावित गर्नुभएको छ ।
असार २ गते घरकै भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ ।

एक साता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । सुस्मिताको शव भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो ।छ महिना अघि सुस्मिताकाे श्रीमान सडक दुर्घटनामा परि मृत्यु भए पश्चात  श्रीमानकाे बिमा कम्पनीबाट पाउने ३८ लाख बराबरीकाे रकमलाई लिएर  घरमा समय समयमा विवाद पनि बढेकाे र अन्तिम अवस्थामा सुस्मिताकाे हत्या गरेकाे अनुसन्धानबाट प्रष्ट भएकाे देखिन्छ।दोषी पत्ता लगाउन काम र कारवाहीका लागि प्रहरीको कुनै कमजोरी नहुने उनको भनाई छ । घटनामा सँलग्न हुने घटना घटाउँनेलाई कानुनले तोके अनुसार कारवाही गरिने र दोषी कुनै हालतमा नउम्कन नदिने ।सुस्मिताका ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । ‘सत्य, सेवा, सुरक्षणम्’ मूलमन्त्रलाई आत्मसाथ गर्दै शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीले हाम्रो समाजमा घटेका घटनामा सफलता हात पार्दै आएको छ । ढिलोचाँडो अपराध अनुसन्धानमा दख्खल राखेर उपलव्धी प्राप्त गर्दै आएका नेपाल प्रहरी सर्वत्र प्रशंसनीय समेत बन्दै आएको छ ।
शान्ति सुरक्षा, अपराध अनुसन्धान, नियन्त्रणमा उल्लेखनीय काम गरेवापत प्रहरीले जनताको विश्वास त छँदैछ, विभिन्न संघसंस्थाले पनि प्रहरीको मुक्तकण्ठले प्रशंसा गरेकै छन् ।
प्रहरीले आफ्नो मुख्य भूमिका सुरक्षाका साथै आर्थिक सुशासन कायम गर्नमा समेत अब्बल भूमिका निर्वाह गरेको पाइएको छ ।
नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको, जनतासँग प्रत्यक्ष दैनिक जोडिने नेपाल सरकारको युनिट हो । सुखदुःखका साथी हो । आपतविपत होस वा खुशियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति गर्ने समाज यही हो
देशमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने मुख्य जिम्मेवारी बोकेको प्रहरी सङ्गठन हो । सीमित स्रोत–साधन भए पनि नेपाल प्रहरी समाजमा शान्ति कायम राख्न सफल हुँदै आएको छ । नेपालमा कानुनी प्रक्रियाले न्याय पाउन लामो समय लाग्ने र न्यायमा जनताको पहुँच सर्वसुलभ नभएका कारण जनता आफूलाई समस्या पर्नासाथ प्रहरीकहाँ पुग्छन् ,जनता ठान्छन्– प्रहरी नै न्यायाधिकारी हुन् ।

राठाैरले हत्यारा सार्वजनिक गर्नेक्रममा प्रहरी अग्रपंक्तिमा खटिएर विचलित नभई जनताकाे सेवामा समर्पित भई न्यायकाे ढाेका सम्म पुग्न मद्दत गर्छाै। राष्ट्रलाई आइपर्ने जस्तोसुकै बिषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरूले अझ उच्च मनोबल तथा सेवाभावकासाथ आफ्नो जिम्मेवारी निर्वाह गर्न कटिवद्ध रहेको समेत  बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *