४ वर्ष पहिला मन्दिरबाट मुर्ति चाेरी गर्नेलाई पक्राउ :-कर्णाली प्रदेश

  •   काठमाडौं
  •   २० आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

करिब ४ वर्ष पहिलाचन्दननाथ मन्दिरबाट मुर्ति चाेरी गर्नेलाई पक्राउ गरेकाे छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले
२०७७ असाेज १९ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालीका वडा नं.१० बोहोरागाउँ स्थित सुशिल विष्टको जग्गामा रहेको सुकेको घाँसको थुप्रोको बिचमा खादामा बेरी राखेको अवस्थामा
विभिन्न पुरातात्विक मुर्तिहरु मध्ये ४ हात भएको ५ ईन्च उचाई ५ ईन्च गोलाई भएको भगवतीको चाँदि जस्तो देखिने धातुको मुर्ति १ थान र ४ हात भएको उचाई ७ ईन्च , गोलाई ९.५ ईन्च भएको चाँदिजस्तो देखिने धातुको भगवानको मुर्ति १ थान सहित २८ वर्षका जयलाल थापा र २३वर्षका सुदिप रावललाई पक्राउ गरी जिल्ला अदालत जुम्लामा म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरु:-

• जि.जुम्ला च.ना.न.पा.वडा नं. १० वस्ने वर्ष ३२ को सुशिल विष्ट
• ऐ.तातोपानी गा.पा.वडा नं. ८ घर भई हाल ऐ.च.ना.न.पा.वडा नं. १० वस्ने वर्ष २८ को जयलाल थापा
• ऐ. च.ना.न.पा.वडा नं. १०वस्ने वर्ष २३ को सुदिप रावल ।

फेलापरेका मुर्तिहरुको विवरण:-

२०४१।०७।०८ भनि लेखिएको ४ हात भएको ५ ईन्च उचाई ५ ईन्च गोलाई भएको भगवतीको चाँदि जस्तो देखिने धातुको मुर्ति थान १

संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत १९३४ बैसाख भन्ने मात्र बुझिने ४ हात भएको उचाई ७ ईन्च , गोलाई ९.५ ईन्च भएको चाँदिजस्तो देखिने धातुको भगवानको मुर्ति थान १

Leave a Reply

Your email address will not be published. Required fields are marked *