“आधुनिक नेपालकाे अगुवा ,नेतृत्व सक्षम युवा ” नाराले स्थापित सुशील काेईराला साेसलिष्ट युथ सर्कल काभ्रेपलान्चोक जिल्लामा पनि गठन भएकाे छ ।केन्द्रीय कार्यालयकाे परिपत्र अनुसार सर्वसम्मत रूपमा भिम कुमार श्रेष्ठकाे अध्यक्षतामा ३० सदस्य समिति गठन गरिएकाे हाे ।

समिति उपाध्यक्षमा मुक्ति ढकाल ,रविन श्रेष्ठ र शिव प्रसाद गाैतम रहेका छ ।ईन्जिनियर कुमार तिमल्सिना यस संस्थाका सचिव पदमा मनाेनयन भएका हुन भने राजेन्द्र दाहाल ,शिव तिमल्सिना ,सन्ध्या माेक्तान र प्रकाश वाईवा सह-सचिव रहेका छन ।स्मृति न्याैपाने संस्थाकाे काेषाध्यक्ष हुनु भएकाे छ ।
संस्थाकाे बैठकले सुष्मा श्रेष्ठ ,सुमन दाहाल ,सुष्मा तिमल्सिना ,सराेज अाचार्य ,सन्जिव श्रेष्ठ ,सरस्वती गाैतम ,प्रल्हाद भट्टराई ,संगिता वाईवा,करूणा सिग्देल ,राेजिना तामाङ,विकास सापकोटा ,सुदेभ श्रेष्ठ ,प्रशान्त श्रेष्ठ ,सुमन हुमागाई ,निराेज न्याैपाने ,विवेक हुमागाई ,पवन गाैतम ,कृष्ण ढकाल,रचना बरिया ,निरज मगर लाई सदस्य समितिमा मनाेनित गरिएकाे कुमार तिमल्सिनाले बताउनु भयाे ।
संस्थाकाे उद्देश्य देहाय बमोजिम रहनेछ:-
- यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
- युबालाई एकताबद्ध गर्दै यसमा भएमा सदस्यहरुको वृद्धि विकासको लागि धार्मिक, सास्कृतिक तथा सामाजिक कार्य गर्ने विभिन्न संघ-संस्थाहरसँग सहकार्य गरी समग्र विकासको लागि पहल गर्ने ।
- यस संस्थासँग उद्देश्य मेल खाने अन्य संघ संस्थाहरसँग सहकार्य गरी मानव सभ्याता र विकासको निमित्त विभिन्न कार्यक्रम आयोजना गरि आर्थिक सहयोग जुटाई कार्यक्रम गर्ने ।
- प्रजातान्त्रिक समाजवादको विचारलाई मूल आधार मानी मुलुकको सर्वाङ्गीण विकासका लागि विभिन्न विषयगत विभागहरूको संलग्नता र सक्रियताबाट नीति निमार्ण र अनुसन्धानका कार्यहरु गर्ने साउन ।
- प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात गरी मुलुकमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्या हटाउन विषयगत विज्ञहरूबाट अनुसन्धान गराई आर्थिक समृद्धिका योजनाहरू बनाउन मद्दत गर्ने।
- प्रजातान्त्रिक समाजवादको मान्यतालाई देशको परिप्रेक्ष्यमा अध्ययन अनुसन्धान गरी वा गराई प्राप्त निष्कर्षलाई सार्वजनिक भेना, गोष्ठी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, सामाजिक सञ्जाल बैठकका माध्यमबाट देशको स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने ।
- राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी सामाजिक, आर्थिक, राजनीतिक, ऐतिहासिक, सांस्कृतिक भौगोलिक आदि क्षेत्रको विकास कार्यमा सहयोग पुयाउनाका साथै सामाजिक पुनस्थापनासम्बन्धी कार्य गर्ने वा त्यस्तो कार्य गर्ने निकायलाई सहयोग गर्ने ।
- प्राकृतिक र भौगोलिक विपत् व्यवस्थापन सम्बन्धी कार्य गर्ने र गराउनाका साथै त्यस्ता विपत् मा परेका नागरिकहरूलाई आवश्यक सहयोग गर्ने ।
- ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सम्पदाका साथै कला, संस्कृति र साहित्यको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउदै तिनको अध्ययन तथा अनुसन्धान गरी प्राप्त निष्कर्षलाई जनस्तरमालाने।
- शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, खेलकुदका साथै ग्रामीण विकास सम्बन्धी तालिम र तिनको विकासमा मद्दत पुर्याउने ।
- प्राकृतिक वातावरण, जलवायु परिवर्तन, सहरी तथा ग्रामीण खाने पानी र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गराउने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा दातृ निकायहरू विदेशी सरकार तथा नेपाल सरकारसँग समन्वय र सहकार्य गरी नेपालको सामाजिक विकासलाई टेवा पुयाउन विभिन्न किसिमका अध्ययन, अनुसन्धान तथा कार्यशाला गोष्ठीहरू अनलाइनलगायत विभिन्न माध्यमबाट गर्ने गराउने ।
- नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक तथा क्षेत्रीय विषमता र भेदभावको अन्त्य गर्न सचेतनामूलक कार्यक्रम गर्दै आयमूलक तथा सिपमूलक तालिम सञ्चालन गर्ने
- विभिन्न निकायबाट सहयोग जुटाई सेवा मुलक कार्यहरु गर्ने ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा