१७ बर्षदेखी फरार रहेका सवारी ज्यानमुद्धाका प्रतिवादी पक्राउ

  •   पाेखरा
  •   ११ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

१७ बर्षदेखी फरार रहेका सवारी ज्यानमुद्धाका प्रतिवादी पस बहादुर गुरूङ पक्राउ परेका छन।

भाद्र ११ गते

मिति २०६०।०२।१८ गते कास्की जिल्ला अदालतको फैसलाले सवारी ज्यान मुद्धामा २ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकी हाल सम्म फरार रहेका प्रतिबादी जिल्ला कास्की मादी गा.पा वडा नं १० वार्चे बस्ने रन बहादुर गुरुङको छोरा ५८ बर्ष को पस बहादुर गुरुङलाई जिल्ला कार्यालयबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ व्यक्तिको विवरण :-

•नाम : पस बहादुर गुरुङ
•उमेर : ५८ वर्ष
•शैक्षिक योग्यता : सा.ले.प.
•पेशा : चालक हाल कृषी
•ठेगाना : जिल्ला कास्की मादी गाँउपालिका वडा नं.१० वार्चे
•पक्राउ मिति : २०७७।०५।११ गते ।
•पक्राउ स्थान : जिल्ला कास्की मादी गाँ.पा. वडा नं.१० वार्चे

Leave a Reply

Your email address will not be published. Required fields are marked *