रु १लाख १० हजार।-(एक लाख दश हजार) बराबरको आतिसबाजी पटकाहरु बरामद
काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकामा विभिन्न पसलमा अवैध रूपमा विक्रीवितरण गरिएकाे अतिसवाजी पटका प्रहरीले बरामद गरेकाे छ ।
विशेष सुचनाका आधारमा ईलका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिना सहितकाे टाेलिले.बनेपा नगरपालिका वडा नं.७ चारदोबाटो स्थितमा भैल स्टोर र नमस्ते कस्मेटिक पसलमा अबैध रुपमा विक्री वितरण गर्दै अाएका बिभिन्न किसिमका आतिसबाजी पटकाहरु बरामद गरिएकाे बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाले जानकारी गराउनु भयाे ।

तिमिल्सिनाकाे अनुसार बिभिन्न किसिमका१ लाख १० हजार बराबरको आतिसबाजी पटकाहरु बरामद गरी प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको बताउनु भएकाे छ।