
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी हिरासतमा रहेका थुनुवाहरू र प्रहरी कर्मचारीसंगै होली मनाएका छन् ।
हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइदिदैं अबका दिनमा असत्यमाथि सत्यको जित भएको यस पर्वकाे अवसरमा आफ्नो मनमा रहेको नराम्रो भावना फालेर राम्रो कामको सुरुवात गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदैं थुनुवाहरुसँग होली खेलेका हुन ।
होली रङ्गहरूको चाड हो यस दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाए जस्तै जिवनलाई रङ्गिन बनाउन लाग्ने सबैलाई प्रेरणा मिल्नुका साथै होली आपसी सद्भावको पर्व हो । त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो , भन्दै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले काठमाडौं प्रहरी परिसरका सम्पुर्ण कर्मचारी लगायत प्रहरी हिरासतमा रहेका थुनुवाहरूसंगै होली मनाएका हुन ।
वरिष्ठ उपरीक्षक सिंहले हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइ शुभकामना दिदै सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो त्यसैले पुरानो कटुता समाप्त गरेर सबैले दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्नुपर्छ रिसिवी भुल्नुपर्छ भन्ने कुरा समेत व्यक्त गर्नुभयो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न