समीक्षा अधिकारीको `दुई नाउमा पाउ लायौ´ आधुनिक गीत डिजिटल बजारमा सार्वजनिक(भिडियो सहित) भएकाे छ।
भाद्र ७ गते आईतबार

पछिल्लो समयमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारीको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ । नमराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ