सभ्य र शान्त समाज निर्माणका लागि “महिला सेल” :-सुनिता डंगाेल

  •   काभ्रे
  •   १७ जेष्ठ २०७९, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

‘सभ्य र शान्त समाज निर्माणका लागि( women cell)ओेमेन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो:- सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गरिन् बताईन। उपमेयर डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाकोतालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् ।
‘सभ्य र शान्त समाज निर्माणका लागि ओमिन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,।

सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ । न्यायिक समितिको प्रमुख पनि उपमेयर डंगोल नै हुन् । उनको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ ।
उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना-तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिइ गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा ३ बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ताबाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *