

कोभिड- १९को महामारी नियन्त्रण गर्न तथा जीवन रक्षाका लागि विदेशमा कर्म थलो बनाइ विभिन्न पेशा व्यसायमा कार्यरत समाजसेवी काभ्रेलीहरुको संस्था मिलेर जिल्ला प्रशासन कार्यालय काभ्रेलाई स्वास्थ सामाग्री उपलब्ध गराएकाे छ।

काभ्रे सेवा समाज,साउदी अरबका तर्फबाट अक्सिजन कन्सर्नटेटर (oxygen concerntrator)-१२वटा र काभ्रे सम्पर्क समिति,दक्षिण कोरियाकबाट अक्सिजन सिलिन्डर (oxygen cylinder ) २६ र PPE सेट- 26 वटा काभ्रेको जिल्लाको स्थानीय तहहरुलाई DCMC मार्फत् उपलब्ध गराइ जिल्ला प्रशासन कार्यलय काभ्रेपलान्चोकलाई हस्तान्तरण गरिएकाे हाे ।
काभ्रे सम्पर्क समिति,दक्षिण कोरियाको अध्यक्ष सानू लामा र काभ्रे सेवा समाज साउदी अरबको अध्यक्ष जेन वाइवा तामाङकाे अगुवाइमा स्वास्थ सामाग्री जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराईएकाे हाे ।