

काभ्रेपलाञ्चाेक जिल्लाकाे कर्णाली क्षेत्र भन्निने खानीखोला गाउँपालिका वडा नं. २ स्थित फलामेटारमा २८५७ सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस खानीखोला गाउँ कार्यसमिति फलामेटारले आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधु आचार्य, नेपाली कांग्रेसका नेता तिर्थ पसखल, नेपाली कांग्रेस महासमिति सदस्य एबम् प्रेदेश सभाका उम्मेदवार गणेश लामा, नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र थिङ, नेपाली कांग्रेसका नेता क्षेत्र वाईवा, विद्यार्थी संघ क्षेत्र नं २ का सभापति विद्यासागर लामा, खानीखोला गाउँपालिकाका वडा अध्यक्ष क्षेत्र मान घ्याबा लगाएत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

लाेक गायनमा आफुलाई परिचित गराउन सफल भैसेपाटी बनेपाका मदन विष्टले पनि खानिखाेलामा आयाेजना भएकाे कार्यक्रममा नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन।कार्यक्रममा ३०० भन्दा वढिले नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई सभापति आचार्य, नेता पसखल, प्रदेश सभा उम्मेदवार लामा लगायतले खादा र टिका लगाएर स्वागत गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय हास्यकलाकार यादव देवकोटा (सरापे), खलनायक विकु थोकर, गायक विशाल थिङ, सेलो गायक मुन्द्रे लामा. मोडेल शान्ति ब्लोन, गायक मदन विष्ट, हास्य कलाकारहरु राजेश तिमिल्सिना, भगवान खत्री लगायतका कलाकारहरुको दमदार प्रस्तुति रहेको थियो ।
