लोक पारखी सागर शर्माकाे आफ्नो नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत ल्याऊने तयारी

  •   काभ्रे
  •   ३० चैत्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

लामो समयबाट लोक गित–संगीतमा लागि रहनु भएका लोक पारखी सागर शर्माले आफ्नो नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत ल्याऊने भएका छन् । नयाँ वर्षको शुभ अवसर पारि दर्शक तथा श्राेतावर्गहरुको लागि गायक राजु परियार र गायिका सम्झना भण्डारीको युगल स्वर सो गित ल्याउन लागिएको हो ।

सागर शर्माको लय तथा शब्द तयार भएको उक्त गितको भिडियो समेत तयार भईसकेको जानकारी शर्माले दिए । गितको म्युजिक ऐरेन्ज बिपिन आचार्यले गरेका हुन् । ‘लम्जुङ्ग भोटेवोडार’ गितको भिडियोलाई निर्देशन शिव बिकले गरेका हुन् । गीतमा छायांकन वाशु न्यौपाने र दिपक जोशीले संयुक्तरुपमा गरेका छन् ।

Slider

‘लम्जुङ्ग भोटेवोडार’ गितको भिडियोमा बिमल अधिकारी तथा रन्जिता गुरुङको जोडिलाई प्रमुख भुमिकामा अभिनय गरेका छन् । गितलाई सदिश जोशीले सम्पादनमा गरेका छन् । म्युजिक भिडियो लोक परिबेश रोधिघरको आधिकारिक युटुब च्यानलबाट नयाँ वर्षको दिन सार्वजनिक गरिने बताईको छ ।

लामो समय देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लागि रहनु भएका सागर शर्माले यस अघिनै लोक परिवेश रोधिघर नामक कार्यक्रम निर्माण समेत गर्दै आउनु भएकोछ । उक्त कार्यक्रम हरेक शुक्रबार ९ बजे लोक परिबेश रोधिघर नामक युटुब च्यानलमा सार्बजनिक हुँदै आएको छ । उक्त कार्यक्रममा नव प्रतिवान तथा पुराना लोक दोहोरी गायक गायीका बिचमा प्रत्यक्ष दोहोरी घम्सा घम्सी चल्ने गर्दछ ।
आफु यसरीनै सँदैव लोक तथा दोहोरी गितको संक्षरणमा लागि रहने सागर शर्माको भनाइ रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *