
काभ्रेपलाञ्चाेक :-
लायन्सले दियो स्वास्थ्य सामाग्री कोरोनाको महामारीबाट साबधानी अपनाउन लायन्स क्लब अफ काभ्रे शंखु र लायन्स क्लब अफ काभ्रे बल्थलीको संयुुुुक्त पहलमा काभ्रेका बिभिन्न स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीका लागी एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए २ का डिष्ट्रिक गर्भनर शोभा जोशीले आज एक कार्यक्रमका स्वास्थ्य केन्द्रका इन्चार्जहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि गर्भनर जोशीले धन भएर काम हुुुुदैन यतिखेर मन हुुुुनेहरुको खाँचो छ । तीनै मनकारी लायन्सको सहयोग तपाईहुलाई कोसेलीका रुपमा प्रदान गरेको बताइन । उनले नेपाल सरकारलाई पनि लायन्सले १ करोड बराबर सहयोग गरेको जानकारी दिंदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै फ्रन्ट लाइनका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीप्रति सम्मान ब्यक्त गरे ।
सामाग्री हस्तान्तरण कार्यक्रममा एइको मासुनागा आँखा अस्पतालका अध्यक्ष यवं युवा नेता मधु आचार्य, प्रदेश् सभा उमेदवार युवा नेता गणेश लामा, लायन्स क्लब इन्टरनेशनका ३२५ ए २ का रिजनल चियरमेन माधब थापा, शंखु लायन्स क्लबका अध्यक्ष माधब श्रेष्ठ, ब्यबसायी एबं लायन्स बलराम थापा, लायनस क्लब अफ बल्थलीका प्रथम उपाध्यक्ष महेश पौडेलले सहयोगी संस्थालाई धन्यबाद दिदैं थप सहयोगको आग्रह गरेका थिए ।
स्वास्थ्य सामाग्रीहरु खोपासी प्राथमिक केन्द्र, बल्थली स्वास्थ्य चौकी, छत्रेबाझ चौकी, शारदा स्वास्थ्य चौकी, डराउने पोखरी स्वास्थ्य चौकीलाई तीन थान पिपिई, एन नाइन्टी फाइभ मास्क, ग्लोब लगायतका सामाग्री प्रदान गरिएको थियो ।