पाेखरा असाेज ११ गते
लागू औषध अफिम सहित३ जना मानिस पक्राउ

अवधै रूपमा लागु औषध ओसारपसार गर्दै आएकाे भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो, कोटेश्वर, काठमाण्डौ र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लागू अाैषध अफिम सहित ३ जनालाई पक्राउ गरेकाे छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ६, स्कूलमार्ग बाट जिल्ला पुर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ बस्ने ५० वर्ष को गज पुन, ४० वर्षको चक्कर बहादुर पुन र जिल्ला गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्ष को रबि गुरुङ समेत ३ जनालाई पक्राउ गरेकाे हाे ।

अवैध लागू औषध अफिम १० के.जि. ५०० ग्राम र लागू औषध तौल गर्ने डिजिटल तराजु सहित पक्राउ गरिएकाे प्रवक्ता एंव सुचना अधिकारी प्रहरी उपरिक्षक कृष्ण कुमार महतले बताउनु भयाे । पक्राउ परेका गज पुन लामो समय देखि पुर्वी तथा पश्चिम रुकुम जिल्लाहरुमा अवैध लागूऔषध अफिमको कारोवारमा सक्रिय रहेका मुख्य व्यक्ति रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएकाे छ
लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएकाे उपरीक्षकले बताएका छन ।