रुपन्देहीमा निषेधाज्ञा जारी गरेको पहिलो दिन जिल्लाभर प्रभाव

  •   काभ्रे
  •   १६ बैशाख २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

दोस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहिवार देखी ३० गते बिहान ६ बजे सम्म १५ दिनसम्मको लागी रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी गरेको पहिलो दिन जिल्लाभर प्रभाव परेको छ ।

रुपन्देही जिल्लाका मुख्य बजारहरु बुटवल,देवदह,भैरहवा लगायतका ठाउँहरु सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक काम बाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिंडडुल,मानिसहरुको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो गराएको छ । परिचय पत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा रोकिएको छैन ।

कैयौ मानिसहरु गाडी नचलेपछि हिडेर आफ्नो गन्तव्यसम्म जान बाध्य भएको छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरु सञ्चालन भने भइरहेका छन् । रुपन्देहीमा सक्रिय संक्रमितहरुको संख्या एक हजार नाघेपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *