रिचार्जकार्ड, नगद १लाख ३० हजार , औंठी चाेरी गर्ने २ जना पक्राउ/पाेखरा

  •   पाेखरा
  •   ३ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

चोरी कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

कार्तिक-०३, पोखरा
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले यही असोज २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाचोक स्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, नगद रु.१,३०,०००।– (अक्षरुपी एक लाख तिस हजार), औंठी लगायतका सामान चोरी गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं. २ घर भई हाल पोखरा महानगरपालिका -८ न्युरोड बस्ने ३० वर्षिय मधु थापा र जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-४ लाचोक बस्ने ३८ वर्षिय सूर्य बहादुर घर्ती रहेका छन् ।

पसलमा रहेको नगद र विभिन्न सरसमान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ अनुसन्धान सुरु गरेको प्रहरीले निजहरुलाई यही कार्तिक २ गते प्रतिवादी मध्यका मधु थापाको पोखराको न्यूरोड स्थित रहेको डेराकोठाबाट चोरी भएका सामान सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका निजहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *