राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा तेश्रो राष्ट्रिय झण्डा दिवस माइतीघरमा

  •   काभ्रे
  •   १ पुष २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं । तेश्रो राष्ट्रिय झण्डा दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ । काठमाडौंको माइतीघरमा झण्डोत्तलनसहित प्रदर्शन गरिएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।

हजाराैकाे उपस्थिति भएकाे कार्यक्रममा  हातहातमा झण्डा बोक्दै राष्ट्रिय झण्डाको गाथाबारे नारा लगाएका थिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए ।

sdr

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दुई वर्षअघिदेखि डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

कार्यक्रममा रिपार्टर क्लवका अध्यक्ष  ऋषि धमला ,ज्ञानेन्द्र शाहि लगायतकाे उपस्थिति समेत रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *