राजधानीको कमलादीबाट प्रहरीले १५ किलो अवैध सुन बरामद

  •   काभ्रे
  •   १३ श्रावण २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं ।राजधानीको कमलादीबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ ।
सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख  बराबरको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *