
रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोलिगढ स्थितमा नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय, भवन समुदघाटन भएको छ ।
प्रमुख अतिथि संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय,रुपन्देही भैरहवाको भवन समुदघाटन गर्नु भएको हाे।
भवन उद्धघाटन अवसरमा जिल्ला स्थितका स्थानिय जनप्रतिनिधीहरु, लुम्बिनी प्रदेश प्रहरी प्रमुख, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार ज्यूहरु,नागरिक समाज र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेकाे थियाे ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री बाट प्रशंसा पत्र बितरण गर्दै उपस्थित सबैमा भवन निर्माण गर्न निरन्तररुपमा सहयोग पुर्र्याउनु हुने महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनको साँचो भवन निर्माण समितिका संयोजक श्री कृष्ण प्रसाद शर्माले प्रहरी महानिरीक्षकलाई हस्तान्तरण गर्नु भएको थियाे ।