काठमाडौं

मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ।अब बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।बुधबार २ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।