
काेभिड १९ काे दाेस्राे महामारीलाई मध्यनजर गरेर काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक ६ भुग्देउ पागु स्वास्थ्य चाैकीलाई वसन्त थापाले स्वास्थ सामग्री उपलब्ध गराएका छन।
क्यानडामा बस्दै आएका बेथानचाेकबासी वसन्त थापाले स्वास्थ्य सामग्री ५ थान नेबुलाईजर (Nebulizer) सहयाेग स्वरूप उपलब्ध गराएका हुन।
बेथानचाेक ६ भुग्देउका सकृय युवा ऋषि थापाकाे समन्वयमा वडा अध्यक्ष विष्णु माेक्तानलाई उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
सामाजिक सेवा भनेकाे दाया हातले दिएकाे बायाँ हातले देख्न हुन्न भन्छन ,अाफु जन्मेकाे भुमीमा पछाडिनै बसेर भयपनी विभिन्न संघ सस्था तथा आपत बिपत्तिमा जहिले सहयोगको लागि तत्पर रहेर सहयोगको हात अघि बढाउने वसन्त थापाले बताए ।