काभ्रे
प्रहरी निरिक्षक (इन्सपेक्टर )योगेन्द्र तिमिल्सिना वाग्मती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
काभ्रेपलाञ्चाेक जिल्ला ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुखकाे रूपमा कार्यरत प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनालाई बाग्मती प्रदेश हेटाैडाले महिनाकाे सर्वाेत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे।

ईलाका प्रहरी कार्यालय, बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै बैङकिङ कसुर मुद्दामा रु.११कराेड ८२लाख ९२ हजार १ सय १६ रूपैया जरीवाना र ३ बर्ष कैद सजाय कायम भई फरार रहेकी प्रतिवादी काभ्रे जिल्ला बनेपा न.पा.वडा नं.६ बुडोल डाडा बस्ने जयन्ती के.सी.लाई मिति २०७७/०६/०८ गते पक्राउ गर्न सफल हुनुका साथै २०७७ सालको असोज महिनामा अन्य बिभिन्न मुद्दाहरुमा सम्मानित अदालतबाट कैद तथा जरिवाना तोकिई लामो समयदेखी फरार रहेका ९ जना प्रतिवादीहरुलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको, मिति २०७७/०४।१२ गते जिल्ला नुवाकोट ईचोक-६ बौद्ध घर भई हाल काठमाडौं महानगरपालिका .-०६ बौद्ध बस्ने पेन्जोम शेर्पाकोडलर साटने निहुमा नेपाली नगद रु. १०,००,०००।- (दश लाख) रुपैया लुटी भागी फरार रहेका.सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकावडा नं.-५ बस्ने श्रीखण्ड तामाङलाई मिति २०७७।०६।१८ गते पक्राउ गर्न सफल भएको र आफ्नो जिम्मेवारी ईलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी बिभिन्न अपराधिक घटनाहरुको सफल अनुसन्धान लगायत CoViD-19 रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरी जनशक्तिलाई प्रभावकारीरुपमा परिचालन गरी आफ्नो जिम्मेवारी उत्कृष्टढंगबाट निर्वाह गरेकोले प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई अझै निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न तिमिल्सिनालाई बाग्मति प्रदेश प्रहरी कार्यालयबाट २०७७ साल “असोज महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST STATE POLICE OF THE MONTH ) घोषणा गरिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ