
काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली,भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ,महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई र महानगरीय प्रहरी वृत्त जगति भक्तपुरका डिएसपी राजेश थापा सहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका भक्तपुर र काभ्रेपलान्चोकको सिमानामा सांगा चोकमा पुगेर आज अनुगमन गरेका छन् ।
लामो निषेधाज्ञापछि पनि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञालाई कडाई गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।
‘कोरोना महामारीको सक्रंमणलाई नियन्त्रमा ल्याउन स्वास्थ्यका मापदण्ड र अनुशासन अझै कडा रुपमा पालन गर्नुपर्ने अवस्था आएको हुँदा हामीले निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,‘निषेधाज्ञा कडाई आइसोलेसन’हरुको अवस्थाबारे बुझ्न अनुगमन गरेका हौँ।’
तुलानात्मक रुपमा सुरुका दिनभन्दा अहिले कोरोना संक्रमणको दर विस्तारै घटिरहेको छ। कारण हो– प्रहरीले जथाभाबी जताततै उपत्यकाबासीलाई निस्कन दिएन र अनावश्यक रुपमा भीडभाड हुनै पाएन।
कोरोना नियन्त्रणको निम्ति प्रहरी सक्रिय रुपमा लागेको एसएसपी अशोक सिंहले बताएका छन्। ‘यो महामारी नियन्त्रण गर्न हामीले कडाइ गरेर मात्र हुँदैन, सर्वसाधारण पनि आफ्नो ठाउँबाट सचेत रहनुपर्छ।’, उनले सबैलाई सुझाए